• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
ज्ञानेन्द्रको अर्धशतक, ओमानमाथि नेपालको जित
खेलपाटी संवाददाता
आइतबार, असोज ३, २०७८ खेलपाटी संवाददाता
ज्ञानेन्द्रको अर्धशतक, ओमानमाथि नेपालको जित

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजको अन्तिम खेलमा नेपालले ओमानलाई पराजित गरेको छ ।

अल अमिरात क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपालले घरेलु टोली ओमानलाई ७ विकेटले पराजित गरेको हो।

यससँगै नेपालले एकदिवसीय अन्तराष्ट्रियमा ओमानमाथि पहिलो जित निकालेको छ ।

ओमानले दिएको १ सय २२ रनको लक्ष्य नेपालले १८ ओभर २ बलमा ३ विकेट गुमाएर पूरा गर्यो ।

नेपालको जितमा कप्तान ज्ञानेन्द्र मल्लले अविजित रहदै ५२ रनको अर्धशतकीय इनिङ्स खेले ।

लगातार दोस्रो अर्धशतक बनाउने क्रममा मल्लले ४६ बलमा ४ चौका र २ छक्का प्रहार गरे। उनले यस अघि अमेरिकाविरुद्धको खेलमा अर्धशतक बनाएका थिए ।

मल्लले दोस्रो विकेटका लागि आसिफ शेखसँग ९५ रनको कीर्तिमानी साझेदारी गरे । नेपालको एकदिवसीय अन्तराष्ट्रियमा कुनै पनि विकेटका लागि भएको यो उच्च साझेदारी हो ।

ओपनर आसिफले ४० रन बनाए ।  शरद भेषवाकर १ रनमा अविजित रहे ।

ओपनर कुशल भुर्तेल र रोहित पौडेल समान ६/६ रनमा आउट भए ।

ओमानका नेस्टर धाम्बाले २ तथा कालिमउल्लाहले १ विकेट लिए ।

May be an image of 1 person and standing

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको ओमानले ३७ ओभर १ बलमा अलआउट हुँदै १ सय २१ रन बनाएको थियो ।  

ओमानका लागि कप्तान जिशन मक्सुदले सर्वाधिक ४१ रन बनाए । यस्तै जतिन्दर सिंहले १३ रन जोड्दा नसिम खुसी १२ रनमा आउट भए ।

सन्दीप गौडले ८ रन, आयन खानले ७ रन जोड्दा सुफ्यान मेहमुद र मोहमद नदीमले ४/४ रन जोडे । सुरज कुमार र नेस्टर धाम्बा खाता नखोल्दै पेभेलियन फर्किए ।

कालिमउल्लाह ११ रनमा अविजित रहदा बिलाल खानले ९ रन बनाए ।

ओमानलाई सस्तैमा समेट्न करण केसी र सन्दीप लामिछानेले ४/४ विकेट लिए । शरद भेषवाकरले २ विकेट लिए ।

May be an image of 7 people, people standing, outdoors and text

यस जितसँगै नेपालले सिरिजको सुखद अन्त्य गरेको छ । सिरिजमा नेपालले खेलेको ४ खेलमा २ जित र २ हार व्यहोर्यो ।

सिरिजको पहिलो खेलमा नेपालले अमेरिकालाई ५ विकेटले हराएको थियो । दोस्रो खेलमा नेपाल ओमानसँग ५ विकेटले पराजित भएको थियो ।

तेस्रो खेलमा नेपाल अमेरिकासँग ६ विकेटले पराजित भएको थियो ।

यस जितपछि नेपालले ओमानविरुद्ध अघिल्लो खेलमा व्यहोरेको हारको बदला समेत लिएको छ । नेपालले आठ वर्षपछि ओमानलाई हराएको हो ।

नेपालले पछिल्लो पटक सन् २०१३ को विश्व क्रिकेट लिग डिभिजन-३ मा ओमानलाई हराएको थियो ।

ओमानलाई हराएपछि नेपाल लिग-२ को चौंथो स्थानमा समेत उक्लिएको छ । नेपालले ८ खेलमा ८ अंक जोडेको छ ।

ओमान १३  खेलमा २० अंक जोडेर शीर्ष स्थानमा रहेको छ । अमेरिका १५ खेलमा १४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।  

May be an image of 2 people, grass and text that says 'prayag CAN'

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
स्टार कप्तान जितेश
स्टार कप्तान जितेश
पन्तलाई ४५ लाख रुपैयाँ जरिवाना
पन्तलाई ४५ लाख रुपैयाँ जरिवाना
उद्घाटन खेलमा कर्णाली र मधेश प्रदेश भिड्ने
उद्घाटन खेलमा कर्णाली र मधेश प्रदेश भिड्ने
कोहली बने टी–२० मा ९ हजार रन बनाउने ब्याटर
कोहली बने टी–२० मा ९ हजार रन बनाउने ब्याटर
कीर्तिमान बनाउँदै बैंग्लोर क्वालिफायर–१ मा
कीर्तिमान बनाउँदै बैंग्लोर क्वालिफायर–१ मा
पथरीशनिश्चरे र दमक विजयी
पथरीशनिश्चरे र दमक विजयी
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
असियन अल स्टार्ससँग युनाइटेड पराजित
असियन अल स्टार्ससँग युनाइटेड पराजित
पाँचौं माउन्ट अन्नपूर्ण एसइई बास्केटबल प्रतियोगितामा २० टिम 
पाँचौं माउन्ट अन्नपूर्ण एसइई बास्केटबल प्रतियोगितामा २० टिम 
मैत्रीपूर्ण फुटबलमा सगरमाथा फ्रेन्डशिप विजयी
मैत्रीपूर्ण फुटबलमा सगरमाथा फ्रेन्डशिप विजयी
कहिले आइपुग्छन् महिला टोलीको विदेशी प्रशिक्षक ?
कहिले आइपुग्छन् महिला टोलीको विदेशी प्रशिक्षक ?
कीर्तिमानी उपाधितर्फ चेल्सी
कीर्तिमानी उपाधितर्फ चेल्सी
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP