सोमबार, ३० चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

आर्सनल नेपालको अध्यक्षमा पुन: नवीन चित्रकार

आइतबार, ०३ आश्विन २०७८खेलपाटी संवाददाता
आर्सनल नेपालको अध्यक्षमा पुन: नवीन चित्रकार
Loading ad...
mustang rice ad

काठमाडौं ।  इंग्लिस प्रिमियर लिगको चर्चित क्लब आर्सनलको नेपालमा रहेका समर्थकहरुको समूह आर्सनल नेपालको अध्यक्षमा पुन: नवीन चित्रकार निर्वाचित भएका छन् ।

आर्सनल नेपालको वार्षिक साधारण सभाबाट चित्रकार अध्यक्षमा निर्विरोध निर्वाचित भएको आर्सनल नेपालका संस्थापक रहेका आभास घिमीरेले जानकारी गराए ।

यस्तै नयाँ कार्यसमितिको उपाध्यक्षमा निरोज खतिवडा, सचिवमा सबिन श्रेष्ठ तथा कोषाध्यक्षमा इन्जल भट्टराई चयन भएका छन् ।

सदस्यमा निरज कटवाल, राकेश सापकोटा, सन्तोष पोखरेल, तोरणप्रसाद पण्डित, एलिना शाह ठकुरी र सरिता खड्गी निर्विरोध चयन भए ।

नयाँ समिति चयन भएपछि बसेको पहिलो बैठकले आर्सनल नेपाललाई नयाँ कार्यदिशा प्रदान गर्ने निर्णय गरेको छ।

विगतमा काठमाडौं र मोफसलको पोखरामा मात्र सिमित रहेको आर्सनल नेपालले आगामी दिनमा आफ्ना गतिविधिलाई अन्यत्र पनि विस्तार गरिने सञ्चालक समितिले जानकारी दिएको छ।

No description available.

यस्तै साधारण सभामा आर्सनल नेपालले आफ्ना आधिकारिक सदस्यहरुलाई मायाको चिनो स्वरुप नेपाल एवं आर्सनल झल्काउने टिसर्ट तथा क्याप वितरण समेत गरेको थियो ।

साधारण सभा चर्चित लोकगायक तथा आर्सनलका फ्यान बद्री पंगेनीले प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा उनलाई आर्सनल नेपालको मानार्थ सदस्यता पनि दिइएको थियो। सो अवसरमा अध्यक्ष नवीन चित्रकारले पंगेनीलाई आधिकारिक सदस्यता कार्डका साथै आर्सनल नेपालको आधिकारिक ‘मर्चेन्डाइज’ प्रदान गरेका थिए।

कार्यक्रममा बोल्दै  आर्सनल नेपालका अध्यक्ष चित्रकारले १२ वर्षको यात्रामा साथ र सहयोग गर्ने सबैप्रति आभार प्रकट गर्दै आधिकारिक सदस्यता लिएका सबैलाई धन्यवाद तथा शुभकामना दिएका थिए।

अध्यक्ष चित्रकारका अनुसार ४ हजारको हाराहारीमा साधारण सदस्य रहेको आर्सनल नेपालमा यसपटक ७०० जनाले आधिकारिक सदस्यता लिएका छन्।

कार्यक्रममा आर्सनल नेपालका सचिव सबिन श्रेष्ठले स्वागत मन्तव्य राख्ने क्रममा आर्सनल तथा आर्सनल नेपालप्रति सद्भाव राख्ने सबैलाई धन्यवाद पनि दिएका थिए।

यस्तै, उपाध्यक्ष निरोज खतिवडाले आर्सनल नेपालका गतिविधिहरुका बारेमा बताउँदै आगामी कार्यक्रमका विषयमा जानकारी दिए।

आर्सनल नेपाल लण्डनस्थित क्लबबाट मान्यता प्राप्त सपोर्टर्स क्लब हो। आभास घिमिरेले सुरुवात गरेको आर्सनल नेपाल सबैभन्दा पूरानो समर्थक समूहमध्येमा पर्दछ। आर्सनल नेपालले आर्सनलको खेल हेर्न जाने समर्थकहरुलाई खेल टिकट लगायतका कार्यहरुले समन्वयन गर्ने काम समेत गर्दछ ।

आर्सनलले आधिकारिकता प्रदान गरेको आर्सनल नेपाल ९ अगस्ट, २००९ मा स्थापना भएको थियो। आर्सनलले गत २७ साउनमा स्थापनाको १२ औं वार्षिकोत्सव मनाएको थियो ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

लिग खेल्न थिम्पु पुगे कृतिश

लिग खेल्न थिम्पु पुगे कृतिश

 नवौं मेयर भोजपुर गोल्डकप बैशाख ६ गतेबाट

नवौं मेयर भोजपुर गोल्डकप बैशाख ६ गतेबाट

चर्च बोइज सेमिफाइनलमा

चर्च बोइज सेमिफाइनलमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
आर्मीलाई मजबुत बनाउन विनोदको शतक

आर्मीलाई मजबुत बनाउन विनोदको शतक

आशिफको दोहोरो शतकसँगै एपीएफ बलियो

आशिफको दोहोरो शतकसँगै एपीएफ बलियो

लिग खेल्न थिम्पु पुगे कृतिश

लिग खेल्न थिम्पु पुगे कृतिश

 नवौं मेयर भोजपुर गोल्डकप बैशाख ६ गतेबाट

नवौं मेयर भोजपुर गोल्डकप बैशाख ६ गतेबाट

चर्च बोइज सेमिफाइनलमा

चर्च बोइज सेमिफाइनलमा

फेरि एरिका फाइनलमा पराजित

फेरि एरिका फाइनलमा पराजित

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध