काठमाडौं । नेपालको अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को एकदिवसीय र टी-ट्वान्टी वरीयता खस्किएको छ ।
आईसीसीले अपडेट गरेको नयाँ वरीयतामा नेपालको एकदिवसीय र टी-ट्वान्टी वरीयता खस्किएको हो ।
एकदिवसीय वरीयतामा नेपाल १६ औं स्थानमा झरेको छ । अघिल्लो वरीयतामा नेपाल १५ औं स्थानमा रहेको थियो ।
एकदिवसीयमा न्युजिल्याण्ड शीर्ष, इंग्ल्यान्ड दोस्रो, अष्ट्रेलिया तेस्रो, भारत चौंथो र दक्षिण अफ्रीका पाँचौं स्थानमा रहेका छन् ।
यस्तै टी-ट्वान्टीमा नेपाल १४ औं स्थानमा झरेको छ । नेपाल यस अघि १३ औं स्थानमा रहेको थियो।