बुधबार, असोज १, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
  4. /
  5. मलिंगाले भने, ‘मेरा जुत्ताले अब आराम पाउने छन्’

मलिंगाले भने, ‘मेरा जुत्ताले अब आराम पाउने छन्’

२०२१ सेप्टेम्बर १५, बुधबारखेलपाटी संवाददाता

मलिंगाले भने, ‘मेरा जुत्ताले अब आराम पाउने छन्’

काठमाडौं । सन् २०१४ को टी- ट्वान्टी विश्वकपको सम्झना अझै पुरानो भएको छैन् ।

फाइनलमा श्रीलंकाले भारतलाई हराएर उपाधि जितेको थियो र त्यस श्रीलंकाली टिमका कप्तान थिए, लसिथ मलिंगा ।

यिनको नाम आएपछि लगतै सबैले फेरि सम्झने हो, उनको अनौठो न अनौठो बलिङ शैली ।

यसलाई अस्वभाविक भन्न त मिल्छ नै, तर यो सटिक भने थियो ।

बलिङ गर्ने बेला उनको हात उनको टाउको नजिक नभएर त्यसबाट टाढा हुने गर्थ्यो । यस्तो शैलीको फाइदा के भन्दा यसले निकै डरलाग्दो योर्कर सम्भव हुन्थ्यो ।

उनी कति धेरै घातक योर्कर फ्याल्थे भने त्यसका अगाडि ‘मै हुं’ भने ब्याट्सम्यानको पनि स्टम्प उड्यो, अथवा एलबीडब्लूको शिकार हुन्थ्यो । यिनै मलिंगाले हिजै जस्तो सबै खाले क्रिकेटबाट सन्यास लिएका छन् ।

यसका लागि एउटो भिडियो सन्देश पनि बनाएका छन्, जुन आफैमा निकै भावनात्मक छ । उनले यसका लागि चयन गरेका शब्द पनि खुबै साहित्यिक पाराका छन् ।

उनले भनेका छन्, ‘मेरा जुत्ताले अब आराम पाउने छन्, तर क्रिकेट प्रतिको मेरो माया अझ बढ्ने छ ।’ कम्ति लोभलाग्दो छैन्, उनको यो भनाइ ।

खासमा मलिंगा आधुनिक क्रिकेटका त्यस्ता बलर हुन्, जसले आफूलाई समय सुहाउने गरेर ढाले । त्यसैले त विश्व क्रिकेटको कान्छो स्वरूप ट्वान्टी ट्वान्टीमा खुबै जमे ।

Malinga ruled out of second ODI | cricket.com.au

अब त उनले यही ट्वान्टी ट्वान्टी क्रिकेट पनि खेल्ने छैनन् । उनले यसअघि नै टेस्ट र वान डे क्रिकेटबाट पनि सन्यास लिइसके । उनले १७ वर्ष भन्दा बढी अन्तर्राष्ट्रिय क्रिकेट खेले । अब उनी मैदानमा देखिने छैनन् ।

तर पूरापूर सम्भावना छ, उनको भूमिका मैदान बाहिर रहने नै छ । मूल प्रश्न, आखिरमा मलिंगाले किन सन्यास लिए त ? यसको उत्तर सायद सजिलो छ ।

उनी ३८ वर्षका भइसके, अब उनको शरीर पहिलो जस्तो रहेन् । उनको त्यही घातक बलिङ शैलीले उनको शरीरलाई छियाछिया जस्तै पारिसकेको थियो । चोटले उनलाई सक्दो दु:ख दिन थालेको थियो ।


–इन्डियन एक्सप्रेसको मद्दतमा । 

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

युनिटी कपमा बिशोपले कमेन्ट्री गर्ने

युनिटी कपमा बिशोपले कमेन्ट्री गर्ने

सुपर फोमा पुग्यो भारत

सुपर फोमा पुग्यो भारत

नेपाली टोलीमा आदिलको पुनरागमन

नेपाली टोलीमा आदिलको पुनरागमन

Bhat Bhateni
एएफसीले एन्फालाई गर्‍यो १० हजार डलर जरिबाना

एएफसीले एन्फालाई गर्‍यो १० हजार डलर जरिबाना

विवादबीच २०औं एसियन गेम्समा नेपालको सहभागिता: ३२ खेलमा ४३४ खेलाडीको नाम दर्ता

विवादबीच २०औं एसियन गेम्समा नेपालको सहभागिता: ३२ खेलमा ४३४ खेलाडीको नाम दर्ता

नक्कली फुटबलर बनेर २२ जना पुगे जापान

नक्कली फुटबलर बनेर २२ जना पुगे जापान

युनिटी कपमा बिशोपले कमेन्ट्री गर्ने

युनिटी कपमा बिशोपले कमेन्ट्री गर्ने

रियलका १८ वर्षीय मास्तान्तुओनोले बनाए इतिहास

रियलका १८ वर्षीय मास्तान्तुओनोले बनाए इतिहास

मेसीको गोलसँगै जितको लयमा फर्कियो मियामी

मेसीको गोलसँगै जितको लयमा फर्कियो मियामी

पाकिस्तानको जितमा अब्दुल्लाहको ह्याट्रिक

पाकिस्तानको जितमा अब्दुल्लाहको ह्याट्रिक

माल्दिभ्सको पोस्टमा भारतको आधा दर्जन गोल

माल्दिभ्सको पोस्टमा भारतको आधा दर्जन गोल