काठमाडौं । ज्लाटन इब्राहिमोभिच विवादास्पद भनाइका लागि खुबै प्रसिद्ध छन् । वर्षौदेखि उनले यस्तै हाँसो लाग्ने भनाइ राख्दै आएका छन् ।
आफूले अहिलेसम्म बालोन डी'ओर जित्न नसकेकोमा हालै उनले यस्तै दाबी प्रस्तुत गरेका छन् ।
उनलाई प्रश्न गरिएको थियो, विश्व फुटबलमा उत्कृष्ट खेलाडी भएर पनि यो प्रतिष्ठित अवार्ड नजित्ने खेलाडी को को हुन् ?
उनले त्यसको जवाफमा फ्रान्स फुटबललाई उनले भनेका छन्, ‘मैले अहिलेसम्म बालोन डी'ओर नपाएको होइन्, उल्टै बालोन डी'ओरले मलाई गुमाएको हो ।
विश्व फुटबलमा म नै सबैभन्दा राम्रा खेलाडी हो र यो उपाधिका लागि हकदार छुं । तर के गर्ने, यसको निर्णय अरूको मतदानबाट हुन्छ ।’
इब्राहिमोभचले कोही कसैले युरोपेली च्याम्पियन्स लिग नजित्दैमा खेलाडी खराब नहुने पनि दाबी गरे । उनले पनि अहिलेसम्म च्याम्पियन्स लिग जितेका छैनन् ।

उनको प्रतिप्रश्न थियो, ‘के मैले च्याम्पियन्स लिग जितेको भए म अझ राम्रो खेलाडी हुने थिएँ ? मैले यो प्रतियोगिता जितेको छैन्, तर म खराव पनि होइन् ।’
उनले अगाडि थपेका छन्, ‘एउटा तथ्य के निश्चित छ भने फ्रान्सेली खेलाडी भएर विश्वकप जित्न जति सजिलो छ, त्यति स्विडेन भएर गाह्रो छ । यो च्याम्पियन्स लिगमा पनि लागू हुन्छ । ममा अझै पनि गोल गर्ने क्षमता उत्तिकै छ । म क्लब स्तरमा सबथोक जित्न चाहन्छुं । म खुसी पनि छुं । मेरो धेरै गुनासो पनि छैन् ।’
–मार्काको सहयोगमा ।