काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा साविक विजेता एट्लेटिको मड्रिडले जित निकालेको छ ।
आइतबार भएको खेलमा एट्लेटिकोले स्पानियोललाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
खेलको ४० औं मिनेटमा राउल डी टोमसले गोल गर्दै स्पानियोललाई सुरुवाती अग्रता दिलाएका थिए ।
तर, खेलको ७९ औं मिनेटमा यान्निक कारास्कोले गोल गर्दै एट्लेटिकोलाई १-१ गोलको बराबरीमा फर्काए।
त्यसपछि खेलको इन्जुरी समयमा थोमस लेमारले गोल गर्दै एट्लेटिकोलाई २-१ को जित दिलाए ।
जितसँगै एट्लेटिकोले ४ खेलमा १० अंक जोडेको छ ।
एट्लेटिको लिगको दोस्रो स्थानमा रहेको छ ।
स्पानियोल २ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।