काठमाडौं । इटालियन सिरी ए फुटबलमा एसी मिलानले जित निकालेको छ ।
आइतबार राति भएको खेलमा मिलानले लाजियोलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
मिलानको जितमा राफेल लाओ र ज्लाटन इब्राहिमोविचले एक एक गोल गरे ।
खेलको ४५ औं मिनेटमा राफेलले गोल गर्दै मिलानलाई सुरुवाती अग्रता दिलाएका थिए ।

पहिलो हाफको इन्जुरी समयमा फ्रान्क किस्सीले पेनाल्टीमा गोल गर्न सकेनन् । उनको प्रहार क्रसबारमा लागेर फर्किएको थियो ।
तर, खेलको ६७ औं मिनेटमा इब्राहिमोविचले गोल गर्दै मिलानलाई २-० को जित दिलाए ।
खेलको इन्जुरी समयमा लाजियोका मुख्य प्रशिक्षक मौरिजियो सार्रीले रातो कार्ड पाएका थिए ।

जितसँगै मिलानले ३ खेलमा ९ अंक जोडेको छ ।
मिलान शीर्ष स्थानमा उक्लिएको छ ।
लाजियो ६ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
सिरी ए अन्तर्गत नै इन्टर मिलानले साम्पडोरियासँग २-२ गोलको बराबरी खेलेको छ ।