काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मिडफिल्डर रोहित चन्द सम्मिलित पर्सिजा जकार्ताले ईन्डोनेसियाको लिग वान फुटबलमा बराबरी खेलेको छ ।
आइतबार भएको खेलमा जकार्ताले पीएसआईएससँग २-२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।
सुरुवाती दुई गोलको अग्रता जोगाउन नसक्दा जकार्ता बराबरीमा रोकिएको हो ।
पहिलो हाफको इन्जुरी समयमा ओटाभियो दुत्राले गोल गर्दै जकार्तालाई अग्रता दिलाएका थिए ।
५० औं मिनेटमा मार्को सिमिचले गोल गर्दै टिमको अग्रता २-० को बनाए ।

तर,७२ औं मिनेटमा हरि नुर युलियान्टोले गोल गर्दै पीएसआईएसलाई २-१ को स्थितिमा ल्याए ।
त्यसपछि खेलको ८८ औं मिनेटमा रोहितले आत्मघाती गोल गरेपछि जकार्ता २-२ गोलको बराबरीमा रोकिएको हो।
यस बराबरीसँगै जकार्ताले २ खेलमा २ अंक जोडेको छ ।
पीएसआईएसले २ खेलमा ४ अंक जोडेको छ ।