काठमाडौं । राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक ग्यारी फिलिप्स बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलको नतिजाबाट निराश देखिएका छन् ।
आईतबार दोस्रो मैत्रीपूर्ण खेलमा बराबरीमा रोकिएपछि प्रशिक्षक फिलिप्सले खेलको नतिजामा निराशा व्यक्त गरे ।
‘एसियन कप छनोटको तयारीका लागि दुई खेल महत्वपुर्ण रह्यो । तर प्रर्दशनबाट निराश छु ।’ उनले भने, ‘मैले खेल्ने ढाँचा परिवर्तन गरेका कारण पनि गाह्रो भएको सक्छ ।’
उनले लामो समयपछि महिला फुटबलले अन्तराष्ट्रिय प्रतिस्पर्धामा उत्रिएको बताउदै बंगलादेशविरुद्धको खेलले एसियन कप छनोटको तयारीलाई बल पुर्याउने बताए ।
उनले बंगलादेशविरुद्धको खेललाई नियन्त्रणमा राख्न नसकेको चिन्ता व्यक्त गरे ।
‘खेलमा डिफेन्स, बल नियन्त्रण राम्रो रह्यौं । अझ धेरै आक्रमक खेल पस्कियौं । तर हामीले केही राम्रा खेलाडी गुमायौं ।’ उनले भने ।
नेपालले गत बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेलमा बंगलादेशलाई २–१ ले हराएको थियो ।
बंगलादेशी प्रशिक्षक गोलाम छोटन खेलाडीको प्रर्दशनबाट खुसी देखिए । दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल जस्तो बलियो टिमलाई बराबरीमा रोक्न सकेकोमा उनी दंग थिए ।
‘खेलाडीले राम्रो खेले । नेपाल राम्रो टिम हो । हाम्रा खेलाडीले ९० मिनेट पुरा खेले ।’ उनले भने, ‘महत्वपुर्ण कुरा खेलाडीले खेल्न पाए । एन्फालाई धन्यवाद । एएफसीको तयारी राम्रो भयो । आत्मविश्वास आएको छ । राम्रो खेल्न सक्छौ भन्ने लागेको छ ।’
उनले एसियन कप छनोटमा आफ्नो पहिलो प्रतिद्धन्दी जोर्डन रहेको उल्लेख गर्दै अबको तयारी सोही प्रतिद्धन्दीविरुद्ध रहने बताए ।
‘अब हाम्रो प्रतिद्धन्दी जोर्डन हो । जोर्डनविरुद्ध राम्रो खेल्न प्रयास गर्नेछौं ।’ उनले भने, ‘जोर्डनविरुद्ध प्रतिस्पर्धात्मक रुपमा खेल्ने अपेक्षा छ ।’
उनले बंगलादेशले महिला फुटबलमा लगानी गरिरहेको उल्लेख गर्दै त्यसको नतिजा विस्तारै देखिने बताए ।
खेलकाे हाइलाइट्स :