काठमाडौं । इंग्लिस क्लब आर्सनल र चेल्सीका पूर्व डिफेन्डर डेभिड लुइजले ब्राजिलियन क्लब फ्लामेन्गोमा अनुबन्धित भएका छन् ।
ब्राजिलियन डिफेन्डर लुइजले फ्लामेन्गोसँग एक वर्षको सम्झौता गरेका छन् ।
लुइज फ्री एजेन्टमा ब्राजिलियन क्लब गएका हुन् ।
आर्सनलसँगको सम्झौता अन्त्य गर्दै उनी घरेलु क्लबमा आबद्द भएका हुन् ।
आर्सनलमा दुई सिजन बिताएर ३४ वर्षीय डिफेन्डरले क्लब छाडेका थिए ।
आर्सनलका लागि उनले ७३ खेल खेलेका थिए ।
लुइज सन् २०१९ मा चेल्सीबाट आर्सनल आएका थिए ।
