काठमाडौं । जर्मन बुन्डेस लिगा फुटबलमा बायर्न म्युनिखले सहज जित निकालेको छ ।
शनिबार राति भएको खेलमा बायर्नले आरबी लाइपजिगलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।
लाइपजिगको मैदानमा रोबर्ट लेवान्डोस्कीले १२ औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए ।
खेलको ४७ औं मिनेटमा जमल मुसिआलाले गोल गर्दै टिमको अग्रता २-० को बनाए ।
खेलको ५४ औं मिनेटमा लोरी सानेले गोल गर्दा बायर्नले ३-० को अग्रता बनायो ।

५८ औं मिनेटमा कोर्नार्ड लिमेरले गोल गर्दै लाइपजिगलाई ३-१ को स्थितिमा ल्याए ।
तर, खेलको इन्जुरी समयमा एरिक म्याक्सिमले गोल गर्दै बायर्नलाई ४-१ को जित दिलाए ।
जितसँगै बायर्नले ४ खेलमा १० अंक जोडेको छ ।
बायर्न दोस्रो स्थानमा रहेको छ ।
लाइपजिग ३ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।
