काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले सहज जित निकालेको छ ।
शनिबार राति भएको खेलमा चेल्सीले एस्टन भिल्लालाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
चेल्सीको जितमा रोमेलु लुकाकुले दुई गोल गरे । यस्तै माटियो कोभासिचले एक गोल थपे ।
खेलको १५ औं मिनेटमा माटियोको पासमा लुकाकुले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए ।

खेलको ४९ औं मिनेटमा माटियोले गोल गर्दै चेल्सीलाई २-० को अग्रता दिलाए ।
त्यसपछि खेलको इन्जुरी समयमा लुकाकुले व्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीलाई ३-० को जित दिलाए ।
जितसँगै चेल्सी लिगको दोस्रो स्थानमा उक्लिएको छ ।
चेल्सीले ४ खेलमा १० अंक जोडेको छ ।
एस्टन ४ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।
