काठमाडौं । इटालियन सिरी ए फुटबलमा युभेन्ट्स पराजित भएको छ ।
शनिबार राति भएको खेलमा युभेन्ट्स नापोलीसँग २-१ गोल अन्तरले पराजित भएको हो ।
नापोलीको मैदानमा सुरुवाती एक गोलको अग्रता जोगाउन नसक्दा युभेन्ट्स पराजित भएको हो ।
खेलको दशौँ मिनेटमा अल्भारो मोरटाले गोल गर्दै युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाएका थिए ।

तर, खेलको ५७ औं मिनेटमा माटियो पोलीटानोले गोल गर्दै नापोलीलाई १-१ गोलको बराबरीमा फर्काए ।
त्यसपछि खेलको ८५ औं मिनेटमा कालिडोउ कोउलीबलीले गोल गर्दै नापोलीलाई २-१ को जित दिलाए ।
जितसँगै नापोलीले तीन खेलमा अपराजित रहदै ९ अंक जोडेको छ ।
नापोली अंक तालिकाको शीर्ष स्थानमा रहेको छ ।
युभेन्ट्स १ अंक जोडेर १६ औं स्थानमा रहेको छ ।
