काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लगातार पाँचौं जित निकालेको छ ।
शनिबार क्लेरमोन्ट फुटलाई ४-० गोल अन्तरले पराजित गर्दै पीएसजीले अपराजित यात्रा कायम राखेको हो ।
पीएसजीलाई जित दिलाउन एन्डर हरेराले दुई गोल गरे । केलियन एमबाप्पे र इद्रिस्सा गाना गुइएले एक एक गोल गरे ।
खेलको २० औं मिनेटमा हरेराले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
३१ औं मिनेटमा हरेराले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीको अग्रता २-० को बनाए।

खेलको ५५ औं मिनेटमा एमबाप्पेले गोल गर्दै टिमको अग्रता ३-० को बनाए ।
त्यसपछि खेलको ६५ औं मिनेटमा इद्रिस्साले गोल गर्दै पीएसजीलाई ४-० को जित दिलाए ।
जितसँगै पीएसजीले ५ खेलमा १५ अंक जोडेको छ ।
पीएसजी तालिकाको शीर्ष स्थानमा रहेको छ ।
फुट ५ खेलमा ८ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
