काठमाडौं । उज्वेकिस्तानमा सन् २०२२ मा आयोजना हुने एएफसी यू-२३ एसियन कप छनोटका लागि नेपालले ४८ खेलाडीलाई प्रारम्भिक बन्द प्रशिक्षणमा बोलाएको छ ।
मुख्य प्रशिक्षक बल गोपाल महर्जनले शनिबार ४८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो ।
नेपाली टिमको बन्द प्रशिक्षण सोमबारबाट सुरु हुनेछ ।
छनोटमा नेपाल समूह 'बी' मा रहेको छ । नेपालको समूहमा ताजिकिस्तान, लेबनान र इरान रहेका छन् ।
ताजिकिस्तानमा हुने समूह 'बी' छनोट खेल आगामी अक्टोबर २३ देखि ३१ सम्म हुनेछ ।
नेपालले समूह चरणको पहिलो खेलमा इरानसँग खेल्नेछ । यस्तै दोस्रो खेलमा ताजिकिस्तानसँग खेल्दा अन्तिम खेल लेबनानसँग खेल्नेछ ।
छनोटका ११ समूहको शीर्ष टोलीले एएफसी यू-२३ एसियन कप खेल्नेछन् । यस्तै दोस्रो टोली मध्ये उत्कृष्ट चार टोली पनि यू-२३ एसियन कपमा छनोट हुनेछन् ।
उज्वेकिस्तानमा हुने फाइनल चरणको प्रतियोगिता २०२२ को जुन १ देखि १९ सम्म हुने तालिका रहेको छ ।
नेपाली टिम :
