काठमाडौं । ललितपुरको 'ए' डिभिजन क्लब थ्री स्टारले युवा मिडफिल्डर लाकेन लिम्बुलाई अनुबन्धित गरेको छ।
थ्री स्टारले शनिबार १९ वर्षीय मिडफिल्डर लाकेनलाई अनुबन्ध गरिएको जनाएको छ ।
थ्री स्टारले मिडफिल्डर लाकेनसँग लामो अवधिसम्मको लागि सम्झौता गरिएको जनाएको छ ।
सहिद स्मारक 'ए' डिभिजन लिग नजिकिदै गर्दा थ्री स्टारले मिडफिल्डर लाकेनलाई अनुबन्ध गरेको हो ।
'ए' डिभिजन लिग कात्तिक २९ बाट सुरु हुनेछ ।
सिंगापुरमा हुर्किएका लाकेन पहिलो पटक शीर्ष डिभिजनको क्लबसँग अनुबन्धित भएका हुन् ।
थ्री स्टारको ट्रायल पास गर्दै उनी क्लबसँग जोडिएका हुन् ।

सिंगापुरमा जन्मिएका लाकेन १२ वर्षको उमेरमा सिंगापुरको एफ-१७ फुटबल एकेडेमीमा भर्ना भएका थिए ।
तीन वर्ष त्यस एकेडेमीमा बिताएर उनले एएनजेए सोकर एकेडेमीमा आबद्द भएका थिए । जहाबाट उनले तीन वर्ष खेलेका थिए ।
एकेडेमीमा रहदा उनले स्विडेन, मलेसिया र स्पेन लगायतका देशमा फुटबल प्रतियोगिता खेलेका थिए ।
नेपालमा उनले केहि मोफसलको प्रतियोगिता खेलेका छन् । उनले धरानको फोकस-१६ क्लबबाट मोसफलको प्रतियोगिता खेलेका थिए ।
सम्झौतापछि बोल्दै लाकेनले ए डिभिजन लिगका लागि आफु उत्साहित भएको बताए ।
'जब मैले फुटबल खेल्न थाले र मैले देश फिर्ता भएर देशको क्लबबाट खेल्ने सोचेको थिए । कोभिड महामारी भन्दा अगाडी मेरो परिवार नेपाल फर्किएको हो । महामारीको कारण मैले धेरै खेल्न पाएको छैन तर केहि मोसफलको प्रतियोगिता खेले,' उनले भनेका छन्, 'प्रतिष्ठित क्लब थ्री स्टारबाट ए लिग खेल्नका लागि उत्साहित छु र क्लबका लागि उत्कृष्ट खेल्नेछु ।'
थ्री स्टारले यस अघि मिडफिल्डर आयुश घलान, डोना थापा र डिफेन्सिभ मिडफिल्डर राफायल बिडीएस रिमलाई अनुबन्ध गरेको थियो ।
यस्तै थ्री स्टारले यस अघि कप्तान बिक्रम लामा, डिफेन्डर अनन्त तामाङ, निशान खड्का, निराजन महर्जन, मिडफिल्डर मिक्छेन तामाङ, सन्जोक राई, मनाग्य नकर्मी र निशान खड्कासँगको सम्झौता नवीकरण गरिसकेको छ ।