काठमाडौं। इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आज शनिबार विभिन्न आठ खेलहरु हुँदैछन् ।
साविक विजेता म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाईटेड, चेल्सी, आर्सनल लगायतका क्लबले शनिबार खेल्ने छन् ।
म्यानचेस्टर सिटीले उसैको मैदानमा लेस्टर सिटीसँग खेल्नेछ । सिटी र लेस्टरबीचको खेल राति ७:४५ बजे सुरु हुनेछ ।
यस्तै म्यानचेस्टर युनाईटेडले न्युकासल युनाईटेडसँग खेल्नेछ । युनाईटेडको घरेलु मैदानमा हुने खेल राति ७:४५ बजे सुरु हुनेछ ।
न्युकासलविरुद्ध मैदान उत्रदा क्रिस्टियानो रोनाल्डोले डेब्यु गर्ने सम्भावना रहेको छ । १२ वर्षपछि युनाईटेड फर्किएका रोनाल्डो न्युकासलविरुद्ध खेल्ने टिममा रहेका छन् ।
चेल्सीले घरेलु मैदानमा एस्टन भिल्लासँग खेल्नेछ । दुई टोलिबीचको खेल १०:१५ बजे सुरु हुनेछ ।
यस्तै आर्सनलले घरेलु मैदानमा नर्विच सिटीसँग खेल्नेछ ।
टोटेनहमले क्रिस्टल प्यालेससँग खेल्नेछ ।
अन्य खेलमा वाट्फोर्डले उल्भ्स, ब्रेन्टफोर्डले ब्राइटन तथा साउथह्याम्पटनले वेस्ट ह्यामसँग खेल्नेछ ।