काठमाडौं । लियोनल मेस्सीले अन्तर्राष्ट्रिय ब्रेकमा एउटा अर्को फुटबल कीर्तिमान बनाएका छन् ।
बोलिभियाविरुद्धको दक्षिण अमेरिकी विश्वकप छनोटमा ह्याट्रिक गरेपछि उनले अन्तर्राष्ट्रिय गोलको कीर्तिमानमा ब्राजिली पेलेलाई उछिनेका छन् ।
भनिरहनु पर्दैन्, मेस्सीले फुटबलका एकपछि अर्को कीर्तिमान आफ्नो नाममा गरिरहेका छन्, मानौं, कीर्तिमान उनलाई पछ्याइरहेको छ ।
त्यसो त एक प्रकारको बहसमा सबैले के भन्ने गर्छन भन् विश्व फुटबलका सबैभन्दा ठूला सर्वकालीन महान खेलाडी पेले हुन् अथवा डिएगो म्याराडोना ।
तर मेस्सीको नाममा रहेको तथ्यांकलाई आधार मान्ने हो भने मेस्सी यी दुवै पूर्व खेलाडी भन्दा धेरै अगाडी छन् र भन्न सकिन्छ, उनी नै सर्वकालीन महान खेलाडी हुन् ।

जस्तो, मेस्सीले ६ पटक बालोन डी'ओर जिते । यसमा चार पल्ट लगातार जितेको कीर्तिमान छ । सन् २००९ मा यो प्रतिष्ठित अवार्ड जित्दा उनी २३ वर्षका मात्र थिए । त्यो अर्थमा उनी बालोन डी'ओर जित्ने सबैभन्दा कम उमेरका खेलाडी पनि हुन् । उनले बार्सिलोनाका लागि सबै खाले स्पेनी प्रतियोगितामा ४ सय ७४ गोल गरिसके ।
उनले समग्रमा गरेको गोल संख्या ६ सय ७२ पुगेको छ । यो कुनै पनि क्लबका लागि गरेको अहिलेसम्मकै सर्वाधिक गोल हो ।
सन् २०१५ मा गज्जब नै भएको थियो, एकै वर्ष मेस्सीले कोपा डेल रे, स्पेनी सुपरकप, युरोपेली च्याम्पियन्स लिग, स्पेनी ला लिगा, कोपा अमेरिका, क्लब विश्वकप र दक्षिण अमेरिकी छनोटमा गोल गरेका थिए ।
यस्तोमा भन्न कर लाग्छ, मेस्सीको कुनै जवाफ छैन् ।

–द मार्काको सहयोगमा ।