एजेन्सी । चेल्सीका खेलाडी क्रिस्टियन पुलिसिचले तीन खेल गुमाउने भएका छन् ।
अमेरिकाका अन्तराष्ट्रिय खेलाडी पुलिसिचले घुँडाको चोटका कारण कम्तिमा १० दिन मैदान बाहिर रहने भएका हुन् ।
विश्वकप छनोट अन्तर्गत होन्डरुसविरुद्ध पुलिसिचले चोट बोकेका थिए ।
चेल्सी प्रशिक्षक थोमस टुचेलले पुलिसिचले चेल्सीको आगामी तीन खेल गुमाउने स्पष्ट पारेका छन् ।
२२ वर्षिय विङ्गर अमेरिकाले होन्डरुसलाई ४–१ ले पराजित गरेको खेलमा चोट बोकेका हुन् ।
पुलिसिचले प्रिमियर लिगका अघिल्ला दुई खेल गुमाईसकेका छन् । कोभिड–१९ बाट संक्रमितको सम्पर्कमा रहेका कारण उनले चेल्सीको पछिल्लो दुई खेल गुमाएका थिए । तर उनी लामो समय मैदान बस्न परेन ।
प्रशिक्षक टुचेलले एनगोलो कान्टेसमेत शनिबारको खेलमा उपलब्ध नहुने बताएका छन् ।

‘दुभाग्यवस हामीसंग दुई खेल हुने छैनन् । एनगोलो कान्टे र पुलिसिच चोट सहित फर्किएका छन् ।’ प्रिमियर लिगमा एस्टन भिल्लाविरुद्धको खेल अघि टुचेलले भने ।
‘कोन्टेले लिभरपुलविरुद्धको खेलमा चोट बोकको थिए । उनलाई मंगलबारको खेलमा प्रयास गरिनेछ । त्यो समयसम्म उनी पक्कै ठिक हुनेछन् ।’ उनले थपे ।
‘पुलिसिच दुर्भाग्यवस हिजो बैसाखी टेकेर आएका छन् । उनी करिब १० दिन मैदान बाहिर रहनेछन् ।’ टुचेलले भने ।
पुलिसिचले एस्टन भिल्लासंगै च्याम्पियन्स लिगको समूह चरणको पहिलो खेलमा जेनिट र कारबाओ कपको टोटेनहमविरुद्धको अवे खेल समेत गुमाउने बताईएको छ ।