काठमाडौं । वेस्ट ह्याम युनाइटेडका फरवार्ड मिखाइल एन्टोनियो प्रिमियर लिगमा अगस्ट महिनाको उत्कृष्ट खेलाडी बनेका छन् ।
प्रिमियर लिगले एन्टोनियोलाई शुक्रबार 'प्लेयर अफ दि मन्थ' घोषित गरेको छ ।
अगस्ट महिनाको उत्कृष्ट खेलाडी बन्दै एन्टोनियोले 'प्लेयर अफ दि मन्थ' अवार्ड जितेका हुन् ।
एन्टोनियोले अगस्टमा ३ खेलमा ४ गोल गरेका छन् ।
उनी वेस्ट ह्यामको सर्वकालीन सर्वाधिक गोलकर्ता समेत हुन् ।
टोटेनहमका मुख्य प्रशिक्षक नुनो सान्टो 'म्यानेजर अफ दि मन्थ' घोषित भएका छन्।