काठमाडौं । क्रिस्टियानो रोनाल्डोले आफू म्यानचेस्टर युनाइटेडमा बिदा मनाउन आएको होइन् भनेर दाबी गरेका छन् ।
शनिबार इंग्लिस प्रिमियर लिगको ओल्ड ट्रायफोर्डमा हुने खेलमा म्यानचेस्टरले न्युकासल युनाइटेड सामना गर्दैछ । त्यसको पूर्व सन्ध्यामा रोनाल्डोले भनेका छन्, ‘म सक्षम छुं, म चुनौतीको लागि तयार छुं ।’
म्यानचेस्टरमा यसअघि बिताएको छ वर्षमा ३६ वर्षीय रोनाल्डोले २ सय ९२ खेलमा १ सय १८ गोल गरेका थिए । म्यानचेस्टरले १२ करोड ८० लाख युरोमा उनलाई युभेन्ट्सबाट किनेको थियो ।
यो ट्रान्सफरलाई यो सिजनकै सबैभन्दा सनसनीपूर्ण मानिएको छ । म्यानेस्टर सिटी पनि उनलाई भित्र्याउन इच्छुक थियो ।
पोर्चुगाली स्टारले म्यानचेस्टरमा फेरि सात नम्बरकै जर्सि लगाउने छन् । सन् २००९ मा रोनाल्डोले म्यानचेस्टर छाडेका थिए र रियल म्याड्रिड गएका थिए । उनी विना पनि म्यानचेस्टरले उपाधि जितेपनि सन् २०१२–२०१३ को सिजनयता केही पनि जित्न सकेको छैन् ।
रोनाल्डो भन्छन्, ‘त्यसैले त म्यानचेस्टर आएको हुं ।’
उनको दाबी छ, ‘म म्यानचेस्टरमा बिदा मनाउन आएको होइन । म यहाँ उपाधि जित्नकै लागि आएको हुं । यसको सम्भावना पनि उत्तिकै छ । म सबै खाले चुनौतीका लागि तयार छुं । अबको तीन चार वर्ष म्यानचेस्टरका लागि ठूलो अवसर हुनेछ । यो अवसर मेरो लागि मात्र होइन्, समर्थक र क्लब सबैका लागि हुनेछ ।’
–बीबीसीको सहयोगमा ।