काठमाडौं । फिफा विश्वकप छनोट अन्तर्गत दक्षिण अमेरिकी छनोटमा कोलम्बियाले चिलीलाई पराजित गरेको छ ।
शुक्रबार बिहान भएको खेलमा कोलम्बियाले चिलीलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
कोलम्बियाको जितमा मिगुल बोर्जाले दुई गोल गरे । लुइस डियाजको नाममा एक गोल रह्यो ।
चिलीका जिन मिनिसेसले एक गोल फर्काए ।
खेलको १९ औं मिनेटमा बोर्जाले पेनाल्टीमा गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए ।
खेलको २० औं मिनेटमा बोर्जाले व्यक्तिगत दोस्रो गोल गर्दै कोलम्बियाको अग्रता दोब्बर बनाए ।
५६ औं मिनेटमा जिनले गोल गर्दै चिलीलाई २-१ को स्थितिमा ल्याए ।
त्यसपछि खेलको ७४ औं मिनेटमा डियाजले गोल गर्दै कोलम्बियालाई ३-१ को जित दिलाए ।
जितसँगै कोलम्बियाले ९ खेलमा १३ अंक जोडेको छ ।
कोलम्बिया पाँचौं स्थानमा रहेको छ ।
चिली ७ अंक जोडेर आठौं स्थानमा रहेको छ ।