काठमाडौं । फिफा विश्वकप छनोट अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले सहज जित निकालेको छ ।
शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिनाले बोलिभियालाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
अर्जेन्टिनाको जितमा कप्तान लियोनल मेस्सीले ह्याट्रिक पूरा गरे ।
खेलको १४ औं मिनेटमा मेस्सीले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

खेलको ६४ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता २-० को बनाए ।
त्यसपछि खेलको ८८ औं मिनेटमा मेस्सीले व्यक्तिगत तेस्रो तथा ह्याट्रिक पूरा गर्दै अर्जेन्टिनालाई ३-० को जित दिलाए ।
यस जितसँगै अर्जेन्टिनाले ८ खेलमा १८ अंक जोडेको छ ।
अर्जेन्टिना छनोट तालिकाको दोस्रो स्थानमा रहेको छ ।
बोलिभिया ६ अंक जोडेर नवौं स्थानमा रहेको छ ।
दक्षिण अमेरिकी छनोट अन्तर्गत नै उरुग्वेले इक्वेडरलाई १-० ले हराएको छ ।
पाराग्वेले भेनेजुएलालाई २-१ ले हराएको छ ।

