काठमाडौं । नेपालको राष्ट्रिय फुटबल टिमले कतारमा १५ दिन अभ्यास गर्ने भएको छ ।
दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ)को अन्तिम तयारीका लागि कतार जान लागेको नेपाली टिमले कतारमा १५ दिन अभ्यास गर्ने भएको हो ।
साफको अन्तिम तयारीका लाििग नेपाली टिम भोलि (शुक्रबार) कतार प्रस्थान गर्दैछ । कतार जाने नेपाली टिमलाई बिहिबार एक कार्यक्रमका बीच बिदाइ गरिएको थियो ।
कतार जाने नेपाली टिमलाई युवा तथा खेलकुद मन्त्रालयका सचिव केदार न्यौपाने, एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा, उपाध्यक्ष शिक्षित पराजुली लगायतले बिदाई गरेका थिए ।
कार्यक्रममा एन्फा अध्यक्ष शेर्पाले नेपाली टिमलाई बस्ने, खाने व्यवस्था गरेकोमा कतार फुटबल संघलाई धन्यवाद दिए । उनले नेपाली टिमले कतारमा १५ दिन अभ्यास गने बताए ।
प्रशिक्षणको तयारीका लागि राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी सोमबारनै कतार गईसकेका छन् ।
नेपालले साफको अन्तिम तयारी कतारमा गर्नेछ । कतारमा सम्भव भएको खण्डमा केही मैत्रीपूर्ण म्याच समेत नेपाली टिमले खेल्नेछ ।
कतारको तयारी सकेर नेपाली टिम सिधै माल्दिभ्स प्रस्थान गर्नेछ । साफ फुटबलको आयोजना अर्को महिला माल्दिभ्सले गर्दैछ ।