काठमाडौं । प्रिती राई र सबिता राना राष्ट्रिय महिला फुटबल टिमको डेब्यु खेलमै चम्किएका छन् ।
बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा बिहिबार राष्ट्रिय टिमबाट डेब्यु गरेका दुवै खेलाडीले पहिलो खेलमै गोल गरेका छन् ।
सबिताले पहिलो हाफको १३ औ मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिईन् । प्रितीले २३ औं मिनेटमा नेपालको अग्रतालाई दोब्बर बनाउने काम गरिन् ।
सबिता फरवार्ड र प्रिती मिडफिल्डरको रुपमा राष्ट्रिय टिमबाट डेब्युको अवसर पाएका थिए ।
मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेलमा दुवै खेलाडीलाई सुरुवाती ११ मा मौका दिएका थिए ।
एसियन कप छनोटको तयारीमा रहेको नेपालले बंगलादेशसँग दुई मैत्रीपूर्ण फुटबल म्याच खेल्दैछ ।
बिहिबार पहिलो खेल हुनेछ भने दोस्रो खेल आईतबार हुनेछ ।