काठमाडौं । मिडफिल्डर प्रिती राई र फरवार्ड सबिता रानाले राष्ट्रिय टिममा डेब्यु गरेकी छिन् ।
बंगलादेशविरुद्धको पहिलो मैत्रीपूर्ण खेलको सुरुवाती-११ मा पर्दै प्रिती र सबिताले डेब्यु गरेकी हुन् ।
मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले रेनुका नगरकोटीको कप्तानीमा बंगलादेशविरुद्ध खेल्ने सुरुवाती-११ सार्वजनिक गरेका छन् ।
नेपाल र बंगलादेशबीचको खेल दशरथ रंगशालामा अपरान्ह ५ बजे सुरु हुनेछ।
एएफसी महिला एसियन कप-२०२२ छनोटको तयारीका लागि नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । दोस्रो मैत्रीपूर्ण आइतबार हुनेछ।
नेपालको सुरुवाती-११
गोलकिपर - एन्जिला सुब्बा
डिफेन्डर - गीता राना, हिरा भुजेल,पुजा राना,अमृता जैशी,
मिडफिल्डर - रेनुका नगरकोटी,सरु लिम्बु,मन्जली थोकर
फरवार्ड - प्रिती राई,सबिता राना,विमला चौधरी