• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
नेपालविरुद्ध बंगलादेश : पाँच तथ्य
खेलपाटी संवाददाता
बिहीबार, भदौ २४, २०७८ खेलपाटी संवाददाता
नेपालविरुद्ध बंगलादेश : पाँच तथ्य

काठमाडौं । एएफसी छनोट खेल्ने तयारीमा रहेको नेपालले आज बिहीबार बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्दैछ । नेपालसँग दुई मैत्रीपूर्ण फुटबल खेल्न बंगलादेशको टिम काठमाडौंमा छ ।

पुरुष फुटबलको तुलनामा महिला फुटबलले निकै कम अवसर प्राप्त गर्छन् । विश्व फुटबलमात्र हैन, दक्षिण एसियामा अझ नाजुक अवस्था छ । नेपालमा समेत पुरुषको तुलनामा महिला फुटबललाई निकै कम प्राथमिकता राखिन्छ । एन्फाले गत वर्षबाट राष्ट्रिय टिमका महिला खेलाडीलाई समेत पुरुष खेलाडी बराबर तलब, भत्ता दिने निर्णय गरेको छ । तलबमा समानता भएपनि अवसर, सम्मान र ‘एक्सपोजर’मा महिला फुटबल निकै पछि छ ।

विश्वकप छनोटको तयारीका लागि राष्ट्रिय फुटबल टिम लामो समय बन्द प्रशिक्षणमा बस्यो । पर्याप्त मैत्रीपूर्ण फुटबलको अवसर प्राप्त गर्यो । गत चैत्रमा थ्री नेसन्स कपनै खेल्यो । उपाधिनै जित्यो । खेलाडीले राम्रै सम्मान पाए । लगत्तै विश्वकप छनोट हुँदै साफको तयारीमा पुरुष फुटबल टिमले निरन्तर घरेलु र अन्तराष्ट्रिय मैदानमा खेलिरहेको छ । पुरुष टिम भोलि कतार जादैछ, साफको तयारीका लागि । साफ सकिने बित्तिकै एएफसी कपको तयारीमा जुट्छ । अर्थात पुरुष टिमले राम्रो अवसर पाएको छ ।

पुरुषको तुलनामा महिला फुटबल कम प्राथमिकतामा छ । भारतमा अर्को वर्ष हुने एसियन कपको छनोटको तयारीमा नेपाल छ । करिब ६ हप्ताको तयारीपछि नेपालको महिला टिम बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेलमा उत्रदैछ । कोभिडका कारण लामो समय बुट थन्काएका महिला खेलाडी मैदान निस्कन पाएका छन् । महिला टिमले बिरलै अवसर प्राप्त गर्छ । बंगलादेशविरुद्ध मैदान उत्रदै गर्दा महिला टिमले केही तथ्य स्थापित गर्दैछ ।

पहिलो विदेशी प्रशिक्षक :

महिला खेलाडीको सधै माग हुन्थ्यो, पुरुष जस्तै हामीलाई नि विदेशी प्रशिक्षक चाहियो । तर एन्फाले कहिल्यै त्यो पुरा गर्न सकेन । एन्फाको टेक्निकल डिरेक्टर बनेर आए, ग्यारी फिलिप्स । उनी प्राविधिक काम गर्दै थिए । एन्फाले महिला टिम हेर्ने प्रस्ताव गर्यो । ग्यारीले नाइ भनेनन् । भनिन्छ, ग्यारी नेपाल जस्तो दक्षिण एसियाली मुलुकका लागि एक पाठशाला हुन् । प्रशिक्षकको रुपमा कस्तो देखिन्छन्, केही समय पर्खौ । तर महिला टिमले पहिलो विदेशी प्रशिक्षक पाएको छ । ग्यारी राष्ट्रिय महिला टिमको नेतृत्व गर्ने महिला विदेशी प्रशिक्षक हुनेछन् ।

दशरथ रंगशालामा महिला टिमको डब्यु :

नेपालको महिला टिमको इतिहास तीन दशक भन्दा लामो छ । एकिन नहुन सक्छ, राष्ट्रिय महिला टिमले अहिलेसम्म दशरथ रंगशालामा खेलेका छैनन् । जति पनि प्रतियोगिता खेलेका छन्, ती सबै देश बाहिरै खेलेका छन् ।

केही प्रतियोगिता नेपालमैपनि आयोजना भए, तर दुर्भाग्य महिला टिमले दशरथ रंगशालामा खेल्न पाएन । बंगलादेशविरुद्ध मैदान उत्रदै गर्दा राष्ट्रिय महिला टिमले दशरथ रंगशालामा समेत डेब्यु गर्नेछ ।

फ्लड लाइटमा खेल :

नेपालमा जति पनि खेल हुन्थे, अधिकांश दिउँसो हुन्थे । पछिल्लो समय अन्तराष्ट्रिय खेलहरु फ्लड लाइटमा हुन थालेका छन् । अब महिला टिमले समेत दशरथ रंगशालामा पहिलो पटक फ्लड लाइटमा खेल्न पाउने भएको छ । फ्लड लाइटमा अभ्यस्त नहुदा महिला टिमलाई विदेशमा खेल्न गाह्रो हुने तथ्य सार्वजनीक नभएको हैन । घरेलु मैदानमा आयोजित मैत्रीपूर्ण खेलनै महिला टिमले फ्लड लाइटमा पहिलो पटक खेल्न लागेको हो ।

टिकटबाट आउने स्रोत सुक्न थालेपछि एन्फा पनि फ्लड लाइटमा खेल खेलाउन आकर्षित हुन थालेको हो । दर्शकले समेत आफ्ना काम सकेर दशरथ रंगशालामा फुटबलको मज्जा लिन पाएका छन् ।

अपराजित नेपाल :

नेपालले बंगलादेविरुद्ध जतिपनि खेलेको छ, सबैमा अहिलेसम्म अपराजित छ । नेपालले बंगलादेशविरुद्ध खेलेका ६ मध्य कुनैपनि खेलमा हार ब्यहोरेको छैन ।

नेपाल बंगलादेशविरुद्ध सधै हाबी हुदै आएको छ । दुवै टिम प्राय साग गेम्स र साफ गेम्समा भेटिने गर्छन् । तर नेपालले बंगलादेशलाई सधै हराउँदै आएको छ ।

साम्बाको अभाव :

सावित्रा भण्डारी नेपाल मात्र हैन, दक्षिण एसियाकै एक नम्बरकी फरवार्ड हुन् । राष्ट्रिय फुटबल टिमकी मुख्य फरवार्ड सावित्राबिनै नेपाल बंगलादेशविरुद्ध मैदान उत्रदैछ । मैदानमा गोलका लागि निकै भोक देखाउने सावित्रा यतिबेला उपचारका लागि कतारमा छिन् । सावित्रा एन्टेरियर क्रुसियल लिगामेन्टको सल्यक्रिया गरेर आराम गरिरहेकी छिन् । 

बंगलादेशविरुद्ध उत्रदै गर्दा सावित्रा पक्कै मिस हुनेछिन् । उनलाई दुवै टिमले सम्झिनेछन् । सावित्रा नहुदाँ बंगलादेशलाई डिफेन्समा दबाबमा हुनेछैन । नेपाल दशरथ रंगशालामा नयाँ सावित्राको खोजीमा रहनेछ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आर्मीको विजयी सुरुआत
आर्मीको विजयी सुरुआत
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
स्पेन र इटाली विजयी
स्पेन र इटाली विजयी
चेल्सी जाने पक्का भए जेमी
चेल्सी जाने पक्का भए जेमी
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
आर्मीको विजयी सुरुआत
आर्मीको विजयी सुरुआत
भारतको बंगलादेश भ्रमण अनिश्चित
भारतको बंगलादेश भ्रमण अनिश्चित
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
स्पेन र इटाली विजयी
स्पेन र इटाली विजयी
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP