काठमाडौं । ललितपुरको 'ए' डिभिजन क्लब थ्री स्टारले मिडफिल्डर मिक्छेन तामाङसँगको सम्झौता नवीकरण गरेको छ ।
थ्री स्टारले बुधबार सामाजिक संजालबाट मिडफिल्डर मिक्छेनसँगको सम्झौता नवीकरण गरिएको जनाएको छ ।
मिक्छेनले दुई वर्षका लागि थ्री स्टारसँग सम्झौता थप गरेका हुन् ।
सेन्टर मिडफिल्डर मिक्छेन २०१८ बाट थ्री स्टारमा रहेका छन् ।
सहिद स्मारक 'ए' डिभिजन लिग नजिकिदै गर्दा थ्री स्टारले मिक्छेनसँगको सम्झौता नवीकरण गरेको हो ।
'ए' डिभिजन लिग कात्तिक २९ बाट सुरु हुनेछ ।
थ्री स्टारले यस अघि कप्तान बिक्रम लामा, डिफेन्डर अनन्त तामाङ, निराजन महर्जन, मिडफिल्डर सन्जोक राई, मनाग्य नकर्मी र निशान खड्कासँगको सम्झौता नवीकरण गरेको थियो ।
यस्तै मिडफिल्डर आयुश घलान, डोना थापा र डिफेन्सिभ मिडफिल्डर राफायल बिडीएस रिमलाई अनुबन्ध गरेको थियो ।
