काठमाडौं । एफसी एस एसले सहिद स्मारक 'सी' डिभिजन लिग छनौट प्रतियोगिता विजयी सुरुवात गरेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहीबार गोदावरी युनाईटेड क्लबलाई ३-२ गोल अन्तरले पराजित गर्दै एफसी एस एसले सुखद सुरुवात गरेको हो ।
एफसी एस एसको जितमा सन्तलाल गुरुङ, समिर गुरुङ र नेत्र हुमेनले एक एक गोल गरे ।
गोदावरीका मिलन तामाङ र कुशल महर्जनले एक एक गोल फर्काए ।
उद्घाटन खेलमा च्याम्पियन्स बोइज एफसी र सतासीधाम स्पोर्टिङ क्लबले २-२ गोलको बराबरी खेल्दै अंक बाडेका छन् ।
च्याम्पियन्सका मनिस लिम्बु र मिलन परियारले एक एक गोल गरे ।
सतासीधामका तीर्थ राज राई र रन्जन मगरले एक एक गोल गरे ।
छनौट प्रतियोगितामा ७८ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।
'सी' छनौटबाट तीन टिम 'सी' डिभिजनमा बढुवा हुनेछन् ।