काठमाडौं । प्रिमियर लिग क्लब आर्सनल काराबाओ कप फुटबलको तेस्रो चरणमा प्रवेश गरेको छ ।
बुधबार राति वेस्ट ब्रुमलाई ६-० गोल अन्तरले पराजित गर्दै आर्सनल तेस्रो चरणमा प्रवेश गरेको हो ।
आर्सनलको जितमा पिएरे एम्रिक औबामियाङले ह्याट्रिक गोल गरे ।
निकोलस पेपे, बुकायो साका र एलेक्सजेन्ड्र लाकाजेटले एक एक गोल गरे ।
साउथह्याम्पटन पनि तेस्रो चरणमा प्रवेश गरेको छ ।
साउथह्याम्पटनले न्युपोर्ट काउन्टीलाई ८-० गोल अन्तरले पराजित गर्यो ।
बर्नलीले न्युकासललाई पेनाल्टीमा ४-३ गोल अन्तरले हराएर अर्को चरणमा स्थान बनाएको छ ।
