गौरिकालाई कोरोना संक्रमण
मंगलबार, ०८ भाद्र २०७८खेलपाटी संवाददाता
काठमाडौं । नेपालकी पौडीबाज गौरिका सिंहलाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।
बेलायतमा बस्दै आएकी गौरिकाले सामाजिक संजालबाट आफुलाई कोरोना संक्रमण भएको बताएकी हुन् ।
गौरिकाले कोरोनाको दुबै खोप लगाएपनि आफुमा संक्रमण भएको बताएकी छिन् ।

गौरिकाले सरकारको नियम अनुसार आफु १० दिनको सेल्फ आईसोलेसनमा बसेको बताएकी छिन् ।
गत महिना जापानमा सम्पन्न टोकियो ओलम्पिकमा गौरिकाले नेपालबाट प्रतिस्पर्धा गरेकी थिइन् ।
गौरिकाले महिलाको १ सय मिटर फ्रिस्टाइलमा राष्ट्रिय कीर्तिमान बनाएको थिइन् ।
ओलम्पिक खेलेर गौरिका जापानबाटै बेलायत गएकी थिइन् ।









%20(1)-1771145193825.jpeg&w=3840&q=75)

-1771139897683.jpeg&w=3840&q=75)
-1771139095251.jpeg&w=3840&q=75)



