काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब साउथह्याम्पटनले युवा डिफेन्डर थिएरी स्मललाई अनुबन्ध गरेको छ ।
साउथह्याम्पटनले मंगलबार युवा डिफेन्डर थिएरी अनुबन्ध गरेको जनाएको छ ।
साउथह्याम्पटनले एभर्टनबाट थिएरीलाई अनुबन्ध गरेको हो ।
१७ वर्षीय लेफ्ट ब्याकले साउथह्याम्पटनसँग तीन वर्षको सम्झौता गरेका छन् ।
इंग्ल्यान्डका डिफेन्डरले १६ वर्षकै उमेरमा सिनियर टिममा डेब्यु गरेका थिए ।
एफए कप अन्तर्गत सेफिल्डविरुद्धको खेलमा उनले डेब्यु गरेका थिए ।
थिएरीले प्रिमियर लिगमा भने डेब्यु गरेका छैनन् ।
