काठमाडौं । इंग्लिस क्लब लिभरपुलले इजिप्टका फरवार्ड मोहमद सलाहलाई रिलिज गर्न अस्विकार गरेको छ ।
विश्वकप छनोटको लागि इजिप्ट फुटबल संघले सलाह रिलिज गर्न क्लबलाई आग्रह गरेको थियो ।
तर, कोरोना भाईरसको महामारीको कारण देखाएर लिभरपुलले सलाह रिलिज गर्न अस्विकार गरेको छ ।
इजिप्ट बेलायत सरकारको रेड जोनमा रहेको छ ।
इजिप्टले सेप्टेम्बर १ मा एन्गालोसँग खेल्दैछ । त्यसपछि गोबानको भ्रमण गर्नेछ ।
२९ वर्षीय सलाह इजिप्टको प्रमुख खेलाडी हुन् ।
सलाह सन् २०१८ मा रोमाबाट लिभरपुल आएका थिए ।