काठमाडौं । डिफेन्डर रञ्जित धिमालले मछिन्द्र क्लबसँगको सम्झौता नवीकरण गरेका छन् ।
मछिन्द्रले मंगलबार सामाजिक सञ्जालमार्फत रञ्जितले सम्झौता नवीकरण गरेको जनाएको छ ।
मछिन्द्रले नयाँ सिजनको सहिद स्मारक 'ए' डिभिजन लिगका लागि रञ्जितको सम्झौता थप गरेको हो ।
नयाँ सिजनको ए डिभिजन लिग कात्तिक २९ गतेबाट सुरु हुनेछ ।
मछिन्द्र पछिल्लो संस्करणको 'ए' डिभिजनको च्याम्पियन टोली हो ।
मछिन्द्रले पहिलो पटक शीर्ष डिभिजनको लिग जित्दा रञ्जित मुख्य डिफेन्डर रहेका थिए ।

रञ्जितले फ्रेन्चाईज फुटबल नेपाल सुपर लिग (एनएसएल) विराटनगर सिटी एफसीबाट खेलेका थिए । उनी कप्तान समेत रहेका थिए ।
यस अघि मछिन्द्रले गोलकिपर विशाल श्रेष्ठ,फरवार्ड रेजिन सुब्बा, मिडफिल्डर सुजल श्रेष्ठ र अभिषेक रिजालसँगको सम्झौता नवीकरण गरेको थियो । त्यस्तै मनिष डाँगीलाई अनुबन्ध गरेको छ ।
