सेभियाको जितमा लामेला नायक
मंगलबार, ०८ भाद्र २०७८खेलपाटी संवाददाता

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा सेभियाले लगातार दोस्रो जित निकालेको छ ।
सोमबार राति गेटाफेलाई १-० गोल अन्तरले पराजित गर्दै सेभियाले लगातार दोस्रो जित निकालेको हो ।
सेभियालाई जित दिलाउन एरिक लामेलाले निर्णायक गोल गरे ।
लामेलाले खेलको इन्जुरी समयमा गोल गरे । लामेलाले लगातार दोस्रो खेलमा गोल गरेका हुन् ।
यस जितसँगै सेभिया लिगको शीर्ष स्थानमा उक्लिएको छ ।
सेभियाले २ खेलमा ६ अंक जोडेको छ ।
गेटाफेले भने लगातार दोस्रो हार व्यहोरेको छ ।
अर्को खेलमा सेल्टा भिगो र ओसासुनाले गोलरहित बराबरी खेल्दै अंक बाडेका छन् ।











-1765627825694.jpeg&w=3840&q=75)



