मिलानको विजयी सुरुवात
मंगलबार, ०८ भाद्र २०७८खेलपाटी संवाददाता

काठमाडौं । इटालियन सिरी ए फुटबलमा एसी मिलानले विजयी सुरुवात गरेको छ ।
सोमबार राति साम्पडोरियालाई १-० गोल अन्तरले पराजित गर्दै मिलानले सिजनको सुखद सुरुवात गरेको हो ।
मिलानलाई जित दिलाउन ब्राहिम डियाजले निर्णायक गोल गरे ।
खेलको नवौं मिनेटमा डियाजले गोल गरेका थिए । जुन गोल मिलानको जितमा निर्णायक बन्यो ।
यस जितसँगै मिलानले पहिलो खेलमा ३ अंक जोडेको छ ।
साम्पडोरियाले भने हारबाट सिजनको सुरुवात गरेको छ ।











-1765627825694.jpeg&w=3840&q=75)



