काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटी पराजित भएको छ ।
सोमबार राति भएको खेलमा १० खेलाडीमा सिमित लेस्टर वेस्ट ह्याम युनाईटेडसँग ४-१ गोल अन्तरले पराजित भएको हो ।
वेस्ट ह्यामलाई जित दिलाउन माइकल एन्टोनियोले दुई गोल गरे । यस्तै पाब्लो फोर्नल्स र साइद बेन्रह्माले एक एक गोल गरे ।
लेस्टरका युरी टेलीमन्सले एक गोल फर्काए ।

खेलको २६ औं मिनेटमा पाब्लोले गोल गर्दै वेस्ट ह्यामलाई सुरुवाती अग्रता दिलाएका थिए ।
खेलको ४० औं मिनेटमा आयोजे परेजले रातो कार्ड पाएपछि लेस्टर १० खेलाडीमा समेटियो ।
५६ औं मिनेटमा बेन्रह्माले गोल गर्दै लेस्टरको अग्रता २-० को बनाए ।
खेलको ६९ औं मिनेटमा युरीले गोल गर्दै लेस्टरलाई २-१ को स्थितिमा ल्याए ।

८० औं मिनेटमा एन्टोनियोले गोल गर्दै वेस्ट ह्यामलाई ३-१ को अग्रता दिलाए ।
त्यसपछि खेलको ८४ औं मिनेटमा एन्टोनियोले व्यक्तिगत दोस्रो गोल गर्दै वेस्ट ह्यामलाई ४-१ को जित दिलाए ।
वेस्ट ह्यामको यो लगातार दोस्रो जित हो । यस जितसँगै वेस्ट ह्याम शीर्ष स्थानमा उक्लिएको छ ।
वेस्ट ह्यामले २ खेलमा ६ अंक जोडेको छ ।
लेस्टरको यो पहिलो हार हो । लेस्टरले २ खेलमा ३ अंक जोडेको छ ।