काठमाडौं । फ्रेन्च क्लब लियोनले स्विट्जरल्यान्डका मिडफिल्डर जद्रान शाकिरीलाई अनुबन्ध गरेको छ ।
लियोनले इंग्लिस क्लब लिभरपुलबाट मिडफिल्डर शाकिरीलाई अनुबन्ध गरेको हो ।
शाकिरीले लियोनसँग ३ वर्षको सम्झौता गरेका छन् ।
सम्झौतासँगै शाकिरी २०२४ सम्म लियोनमा रहने छन् ।
शाकिरी सन् २०१८ मा स्टोकबाट लिभरपुल आएका थिए ।
लिभरपुलका लागि उनले ६३ खेलमा आठ गोल गरेका छन् ।
२९ वर्षीय मिडफिल्डरले स्विट्जरल्यान्डका लागि ९६ खेलमा २६ गोल गरेका छन् ।
युरोकप २०२० मा उनले ५ खेलमा ३ गोल गरेका थिए ।