काठमाडौं । म्यानचेस्टर युनाइटेडका युवा डिफेन्डर ब्रानडन विलियम्स नर्विच सिटीमा अनुबन्धित भएका छन् ।
प्रिमियर लिग क्लब नर्विचले विलियम्सलाई लोनमा अनुबन्ध गरेको हो ।
२० वर्षीय डिफेन्डरलाई एक सिजनको लागि लोनमा नर्विचले अनुबन्ध गरेको हो ।
नर्विचमा उनले २१ नम्बरको जर्सी लगाउने छन् ।
विलियम्सले सन् २०१९ मा युनाईटेडको सिनियर टिममा डेब्यु गरेका थिए ।
युनाईटेडका लागि उनले ५० खेलमा १ गोल गरेका छन् ।
विलियम्स सात वर्षको उमेरमा युनाइटेडको एकेडेमीमा भर्ना भएका थिए ।
विलियम इंग्ल्यान्डको यू-२० टोलीका सदस्य समेत हुन् ।
