काठमाडौं। न्युजिल्यान्डको फुटबल टिमलाई ‘अल ह्वाइट्स’ पनि भनिन्छ । तर अचेल न्युजिल्यान्ड फुटबललाई यही नामले दु:ख दिन थालेको छ । अहिलेको समय हो, कोही कसैको छालाको रंगमा पटक्कै नजाने । बरू अचेल विविधलाई बढी महत्त्व दिइन्छ । त्यसमाथि न्युजिल्यान्ड फुटबल टिममा विविधता पाइन्छ, खेलाडीदेखि यसका समर्थकमा ।
किवी फुटबल टिमले मैदानमा उत्रदा सेतो जर्सि लगाएर खेल्छ । त्यसैले उसको यो ‘अल ह्वाइट्स’ नाम जुरेको हो । यसमा न्युजिल्यान्ड फुटबललाई गर्व पनि लाग्छ । अहिले नयाँ परिस्थितिमा यो अब ठीक सुनिन छाडेको छ । रेडियो न्युजिल्यान्डले प्रेसित गरेको समाचार अनुसार अब यो नाम सधैंलाई फेरिने भएको छ ।

न्युजिल्यान्डको कानुन अनुसार पनि कोही कसैलाई रंगको आधारमा बोलाउन पाइन्न, जिस्क्याउने त परको कुरा । न्युजिल्यान्ड फुटबल संघले ‘अल ह्वाइट्स’ नामबारे के गर्ने भनेर ठ्याक्कै निर्णय भने गरेको छैन्, तर उसले पनि के मानेको छ भने अचेलको समाज विविधता हो, त्यसैले यस्ता साना साना कुरामा पनि होस पुर्याउनु पर्छ ।
संघले के पनि भनेको छ भने आधुनिक समय सुहाउँदो हुन र बन्न आफू सम्बन्धित सबैसँग छलफलमा रहेको छ । सन् १९८२ को विश्वकप छनोटका क्रममा न्युजिल्यान्ड फुटबल टिमलाई पहिलो पल्ट ‘अल ह्वाइट्स’ भन्न सुरु भएको थियो । न्युजिल्यान्डको रग्बी र क्रिकेट टिमलाई ‘अल ब्ल्याक्स’ भनिन्छ । हुन सक्छ, अब यसबारे पनि पुर्नविचार गरिनेछ ।

–एएफपीको सहयोगमा ।