आर्मी स्टेडियम निरजको नाममा नामाकरण
आइतबार, भदौ ६, २०७८खेलपाटी संवाददाता

काठमाडौं। भारत पुनेको आर्मी स्पोर्ट्स इन्स्टिच्युट स्टेडियमको नाम टोकियो ओलम्पिकका स्वर्ण धारी एथलेटिक्स खेलाडी निरज चोपडाको नाममा नामाकरण गरिएको छ।
स्वर्णधारी निरजको सम्मानमा स्टेडियमको नाम 'निरज चोपडा आर्मी स्टेडियम' नामाकरण गरिएको छ । निरज आर्मीको सुबेदार समेत हुन् ।
टोकियो ओलम्पिकमा निरजले पुरुषको ज्याभलिन थ्रोमा स्वर्ण पदक जितेका थिए ।
चोपडाले ८७.५८ मिटर थ्रो फाल्दै स्वर्ण पदक जितेका थिए ।
२३ वर्षीय चोपडाले डेब्यु ओलम्पिककै स्वर्ण पदक जितेका हुन् ।
उनी एथलेटिक्सबाट ओलम्पिकमा स्वर्ण पदक जित्ने पहिलो भारतीय खेलाडी समेत बने ।
यस्तै चोपडा ओलम्पिकमा व्यक्तिगत विधातर्फ स्वर्ण पदक जित्ने दोस्रो भारतीय खेलाडी हुन् ।
- यस अघिको तस्बिर गलत पर्न गएकोले हटाईएको छ । पाठकहरुमा पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौं। -सम्पादक








-1762154705887.png&w=3840&q=75)





