विमानबाट खसेर मर्नेमा अफगानी फुटबलर
शुक्रबार, भदौ ४, २०७८खेलपाटी संवाददाता

काठमाडौं। विद्रोही समूह तालिबानले सत्ता कब्जा गरेपछि अफगानिस्तानबाट भाग्ने क्रममा अमेरिकी सैन्य विमानबाट खसेर मर्नेमा अफगानी युवा फुटबल खेलाडी रहेको पुष्टि भएको छ।
उडिरहेको विमानबाट खसेर मर्नेमा १९ वर्षीय फुटबलर जाकी अनवरी रहेको अफगानिस्तानका अधिकारीहरूले पुष्टि गरेका छन् । अनवरीले अफगानिस्तानको युवा टोलीबाट खेलिसकेको बताईएको छ।
आफ्ना नागरिकको उद्दार गर्न आएको अमेरिकी विमानको चक्कामा लुकेर यात्रा गर्ने क्रममा अनवरी खसेका हुन् ।
पछिल्लो समय अमेरिकी विमानबाट दुई जना खसेको भिडियो भाइरल बनेको थियो । यस्तै विमानको चक्कामाथि सयौं मानिस झुन्डिएर बसिरहेको भिडियो बाहिर आएको थियो ।
तालिबानको कब्जापछि अफगानी नागरिकहरु देश छाडेर भागिरहेका छन् ।









-1762154705887.png&w=3840&q=75)





