काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग क्लब न्युरोड टिम एनआरटीले मिडफिल्डर दिपेश घलेलाई अनुबन्ध गरेको छ ।
चार पटकको च्याम्पियन एनआरटीले बिहीबार दिपेशलाई अनुबन्ध गरिएको जनाएको छ ।
२२ वर्षे दिपेशले एनआरटीमा ७ नम्बरको जर्सी लगाउने छन् ।
एनआरटीले नयाँ सिजनको सहिद स्मारक 'ए' डिभिजन लिगका लागि दिपेशलाई अनुबन्ध गरेको हो ।
नयाँ सिजनको लिग कात्तिक २९ गतेबाट सुरु हुनेछ ।
दिपेशले अघिल्लो पटकको लिग थ्री स्टार क्लबबाट खेलेका थिए ।

एनआरटीले यस अघि रन्जन विष्टसहित दुई अफ्रिकन खेलाडी मोसुके ओलुमो र स्टेफेन समिरलाई अनुबन्ध गरिसकेको छ ।