पहिलो हाफमा नेपाल १ - ० ले अघि
शुक्रबार, १९ आश्विन २०७५खेलपाटी संवाददाता

काठमाडौं । भुटानमा जारी साफ यू-१८ महिला च्याम्पियनसिपको पहिलो सेमिफाइनल अन्तर्गत भारतविरुद्ध नेपालले पहिलो हाफमा १ - ० को अग्रता बनाएको छ ।
थिम्पुस्थित चाङलिमिथाङ मैदानमा रश्मी कुमारी घिसिङको गोलबाट नेपालले सुरुवाती अग्रता बनाएको हो । घिसिङले खेलको १६ औं मिनेटमा गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाईन् ।
समूह चरणमा समूह उपविजेता बन्दै सेमिफाइनलमा पुगेको नेपालले समूह विजेता भारतसंग खेल्न लागेको हो । समूह 'बि' मा रहेको नेपाल मंगलबार बंगलादेशसंग पराजित हुँदै उपविजेता बनेको थियो । भारत भने समूह 'ए' को विजेता बनेको थियो ।
नेपाल आज भारतलाई हराएर फाइनल पुग्न चाहन्छ ।










-1765539955299.jpeg&w=3840&q=75)

