• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
अन्य
  • गृहपृष्ठ
  • अन्य
फुटबलर शान्तालाई सहयोग
खेलपाटी संवाददाता
शुक्रबार, साउन २९, २०७८ खेलपाटी संवाददाता
फुटबलर शान्तालाई सहयोग

काठमाडौं। फुटबलर शान्ता नेपालीलाई नेप्लेज डटकमले सञ्चालन गरेको सहयोग अभियान अन्तर्गत शुक्रबार २ लाख ५९ हजार रुपैयाँ हस्तान्तरण गरेको छ ।

तीन साता अघि नेप्लेजले शान्ताको आर्थिक अवस्थाका विषयमा भिडियो तयार पारि युट्युवमा प्रशारण गरेको थियो । उक्त भिडियो सार्वजनिक भएपछि देश विदेशमा रहेका नेपालीहरुले सहयोग गरेका  हुन् ।

शुक्रबार वालिङ नगरपालिकाको सभाहलमा भएको एक समारोहकाबीचमा नगरपालिकाका मेयर दिलिप प्रताप खाँडको उपस्थितिमा उक्त सहयोग रकम हस्तान्तरण गरेको हो ।

शान्तालाई नेपाली राष्ट्रिय फुटबल टिमका तर्फबाट नगद एक लाख रुपैयाँ सहयोग  प्राप्त भएको थियो । नगदसहित टिमका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले शान्तालाई आगामी दिनको शुभकामना दिएका थिए ।

No description available.

यसैगरी युकेमा बस्ने सुनिल प्रधानले गो फण्ड युके मार्फत सहयोग रकम जुटाउन सहयोग गरेका थिए । उनले सबैसँगबाट एक लाख रुपैयाँ सहयोग रकम पठाएका थिए ।

यसैगरी अस्ट्रेलियाबाट मुकुल क्षेत्रीले व्यक्तिगत रुपमा ५० हजार तीन सय रुपैयाँ सहयोग गरेका छन् । शान्तालाई केल्मी नेपालले एक सेट ट्रयाक सुट पनि प्रदान गरेको थियो ।

कार्यक्रममा मेयर खाँडले शान्ताको परिवारलाई नगरपालिकाले पाँच आना जग्गा दिने प्रक्रिया अघि बढाइएको जानकारी दिए । वडा नम्बर ८ का सात परिवारलाई जग्गा दिने प्रक्रिया अघि बढाइएकोमा शान्ताको नाममा मात्रै जग्गा पास हुन बाँकी रहेको बताए ।

अहिले वालिङ खेल मैदानको छेउँमा रहेको शौचालयको छतमा दुई कोठाको बस्ने बास्थान पाएकी शान्ताको परिवारलाई आफूहरुले आउँदा दिनमा पनि सहयोग गर्ने बताए ।

No description available.
विगतमा देशभरका स्थानीय तहहरुमा सर्वाधिक खेलकुदमा बजेट विनियोजन गरेको स्मरण गर्दै खेलकुदको विकासका लागि आफूले चाहँदा चाँहदै पनि बजेट खर्च हुन नसकेको पनि बताए । उनले खेलकुदको राम्रो योजना लिएर आउनेलाई आफूले सहयोग गर्ने प्रतिवद्धता जनाए ।


यसैगरी नगरपालिकाले खेलाडीका घरपरिवारको एक लाख बराबरको स्वास्थ्य विमा पनि गरिएको जानकारी दिए ।


कार्यक्रममा स्कुल अफ डेमोक्रेसी संस्थाका स्याङ्जा अध्यक्ष अनुप श्रेष्ठले शान्तालाई नगरपालिकाले दिने पाँच आना जग्गामा दुई कोठे घर आफूहरुले निर्माण नै निर्माण गरिदिने प्रतिबद्धता जनाएका छन् ।


सहयोग रकम ग्रहण गरेपछि शान्ताले यो सहयोगले आफूलाई ठूलो सहयोग पुग्ने बताइन् । सहयोगी मनहरुलाई धन्यवाद दिँदै आगामी दिनमा अझ राम्रोसँग खेल्न प्रेरणा मिल्ने बताए ।


कार्यक्रमका सभापति ट्रिनिटी क्लबका अध्यक्ष राजु गुरुङले खेलकुदमा सबैसँगै मिलेर अघि बढ्दा वालिङको नाम चिनाउन सजिलो हुने बताए । राजनीतिक आस्थाका आधारमा भन्दा पनि खेलकुदको भावनाका साथ अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।

No description available.


पवर्तको मार्दी क्लबलाई पनि सहयोग :


कार्यक्रममा पवर्तको मार्दी क्लबलाई पनि खेल सामाग्री हस्तान्तरण गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि खाँड र सभापति गुरुङले मार्दी क्लबका प्रशिक्षक अविनाश बस्याल (अर्जुन) लाई बल र जर्सी सेट प्रदान गरेका थिए । केल्मी नेपाल र प्रशिक्षक अब्दुल्लाहको तर्फबाट १० वटा बल र १० सेट जर्सी सहयोगका लागि प्राप्त भएको थियो ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
फाइभ ए साइड इन्डोर हक्कीमा आर्मी च्याम्पियन
फाइभ ए साइड इन्डोर हक्कीमा आर्मी च्याम्पियन
सुदिपको नेतृत्वमा साईक्लिङ संघ  
सुदिपको नेतृत्वमा साईक्लिङ संघ  
पहिलोपल्ट फाइभ 'ए' साइड हक्की हुँदै
पहिलोपल्ट फाइभ 'ए' साइड हक्की हुँदै
खेलकुद पत्रकार मञ्च रुपन्देहीको अध्यक्षमा सुमन
खेलकुद पत्रकार मञ्च रुपन्देहीको अध्यक्षमा सुमन
१२७ जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सम्मानित
१२७ जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सम्मानित
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
ओडिआई वरीयतामा नेपाल यथावत्
ओडिआई वरीयतामा नेपाल यथावत्
त्रिवि क्रिकेट मैदानको प्यारापिटमा कुर्सी जडानको काम सुरु
त्रिवि क्रिकेट मैदानको प्यारापिटमा कुर्सी जडानको काम सुरु
च्याम्पियन नेपाली यु–१६ टोली स्वदेश फर्किँदै
च्याम्पियन नेपाली यु–१६ टोली स्वदेश फर्किँदै
संकटाको जितमा पेम्बाको २ गोल
संकटाको जितमा पेम्बाको २ गोल
मुलरले अन्तिम हात हल्लाए
मुलरले अन्तिम हात हल्लाए
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP