काठमाडौं । प्रिमियर लिग क्लब लेष्टर सिटीले डेनमार्कका डिफेन्डर जानिक भेस्टरगार्डलाई अनुबन्ध गर्ने भएको छ ।
लेष्टरले डेनिस डिफेन्डरलाई साउथह्याम्पटनबाट अनुबन्ध गर्न लागेको हो ।
उनलाई करिब १५ मिलियनमा लेष्टरले क्लब भित्र्याउन लागेको बीबीसीले जनाएको छ ।
साउथह्याम्पनका प्रशिक्षक राल्फले पनि भेस्टरगार्डले क्लब छाड्ने पुष्टि गरेका छन् ।
प्रशिक्षक राल्फले उनको मेडिकल समेत भएको बताएका छन् ।
२९ वर्षीय भेस्टरगार्ड सन् २०१८ मा बोरुसिया मन्छेनग्लाडबाखबाट साउथह्याम्पटन आएका थिए ।
भेस्टरगार्डले गत सिजन साउथह्याम्पटनका लागि ३२ खेल खेलेका थिए ।
डेनमार्कका लागि उनले २८ खेलमा १ गोल गरेका छन् ।