काठमाडौं । प्रिमियर लिग क्लब क्रिस्टल प्यालेसका डिफेन्डर स्कट डानले क्लब छाडेका छन् ।
क्रिस्टलले बिहीबार डिफेन्डर स्कटले क्लब छाडेको जनाएको छ ।
सेन्टर ब्याक स्कटले ७ वर्ष क्रिस्टलमा बिताएर क्लब छाडेका हुन् ।
इंग्लिस डिफेन्डर स्कट सन् २०१४ मा ब्लाकवर्नबाट क्रिस्टल आएका थिए ।
३४ वर्षीय डिफेन्डर क्रिस्टलका लागि कुल १ सय ८१ खेल खेलेका छन् ।
स्कटले क्रिस्टलका लागि १७ गोल समेत गरेका छन् ।
उनले क्रिस्टलको कप्तानी समेत गरेका थिए ।
स्कटले इंग्ल्यान्डको यू-२१ टोलीबाट खेलेका थिए ।