काठमाडौं । स्पेनिस स्ट्राइकर डिएगो कोस्टा ब्राजिलियन क्लब एट्लेटिको मिनिरोमा अनुबन्धित हुने भएका छन् ।
स्पेनिस क्लब एट्लेटिको मड्रिडका स्ट्राइकरले ब्राजिलियन क्लबसँग मौखिक सहमति गरेको गोल डटकमले जनाएको छ ।
ब्राजिलियन क्लब मिनिरोसँग कोस्टाले एक वर्षको सम्झौता गर्ने जनाईएको छ ।
कोस्टाले गत डिसेम्बरबाट एट्लेटिकोका लागि खेलेका छैनन् ।
कोस्टा सन् २०१८ मा चेल्सीबाट एट्लेटिको आएका थिए ।
उनले एट्लेटिकोबाट ६१ ला लिगामा १२ गोल गरेका छन् ।
३२ वर्षीय कोस्टाले ब्राजिलियन क्लबबाट पहिलो पटक खेल्न लागेका हुन् ।
ब्राजिलका लागि भने कोस्टाले दुई खेल खेलेका छन् ।
तर, सन् २०१३ मा स्पेनको नागरिकता पाएपछि कोस्टाले स्पेनबाट खेल्दै आएका छन् ।
स्पेनको लागि उनले २४ खेलमा १० गोल गरेका छन् ।