काठमाडौं । इटालियन मिडफिल्डर जोर्गिन्हो मुख्य युरोपियन प्रतियोगिताको सबै उपाधि जित्ने चेल्सीका पहिलो खेलाडी बनेका छन् ।
यूईएफए सुपर कपको उपाधि जितेसँगै जोगिन्हो सबै युरोपियन उपाधि जित्ने चेल्सीका पहिलो खेलाडी बनेका हुन् ।
बुधबार राति भएको फाइनलमा स्पेनिस क्लब भिलारियललाई पेनाल्टी सुटआउटमा पराजित गर्दै चेल्सीले सुपर कपको उपाधि जितेको थियो ।

यस अघि जोर्गिन्होले चेल्सीका लागि युरोपा लिग र च्याम्पियन्स लिग जितेका थिए ।
यस्तै इटालीबाट उनले युरो-२०२० को उपाधि जितेका थिए ।
जोर्गिन्हो र इमर्सन पाल्मेरी एकै वर्षमा युरोकप, च्याम्पियन्स लिग र सुपर कप जित्ने पहिलो खेलाडी बनेका छन् ।
जोर्गिन्होलाई यस पटक बालोन डी'ओर उपाधिको दाबेदार मानिएको छ ।
