काठमाडौं। अहिले जताततै कसैको चर्चा छ भने त्यो हो, लियोनल मेस्सीको । उनी भर्खर बार्सिलोनाबाट पेरिस सेन्ट जर्मेन (पीएसजी) गएका छन् ।
यी अर्जेन्टिनी खेलाडीको खेल जीवनमा यी अंकको संयोग के छ त ?
६– मेस्सीले ६ पल्ट बालोन डी’ओरको उपाधि जितेका छन् । यो क्रिस्टियानो रोनाल्डोको भन्दा एक बढी हो ।
६–बार्सिलोनाका लागि मेस्सीले ६ पल्ट चार गोल गरे ।
१४–सन् २०११/२०१२ को सिजन मेस्सीले एकै संस्करणको युरोपेली च्याम्पियन्स लिगमा १४ गोल गरे ।
२१– २०१२/२०१३ को सिजन मेसीले लगातार २१ खेलमा गोल गरेका थिए ।
२६– मेस्सीले बार्सिलोनाको मुख्य प्रतिद्वन्द्वी रियल मड्रिडविरुद्ध २६ गोल गरेका छन् ।
३५–बार्सिलोनाको जर्सिमा मेस्सीले ३५ उपाधि जितेका छन् । त्यसमा चार युरोपेली च्याम्पियन्स लिग र १० स्पेनी ला लिगा प्रमुख छन् ।
४१–मेस्सीले बार्सिलोनाका लागि ४१ ह्याट्रिक गरेका छन् ।
५०–सन् २०११/२०१२ को सिजन मेस्सीले ला लिगाका ३८ खेलमा ५० गोल गरे र यो कीर्तिमान हो । उनले त्यस सिजन समग्रमा ७३ गोल गरे । यो अर्को कीर्तिमान हो ।
७४.९– बार्सिलोनामा रहँदा मेस्सीले अन्तिम पटक एक वर्षका लागि बुझेको तलब हो, सात करोड ४९ लाख युरो । पेएसजीमा उनले वर्षको ४० करोड युरो कमाउने छन् ।
४७४– मेस्सीले बार्सिलोनाका लागि ४ सय ७४ गोल गरे, ५ सय २० ला लिगा खेलमा । उनले प्रत्येक खेलमा ०.९१ को औसतले गोल गरे ।
५४२– बार्सिलोनाका लागि खेलेर मेसीले ५ सय ४२ खेलमा जित हात पारे ।
७७८– मेस्सीले बार्सिलोनाका लागि कुल ७ सय ७८ खेल खेले । यो पनि कीर्तिमान हो ।
–एएफपीको सहयोगमा ।